सूचनाको शक्ति - The Power Of Information

        

गिरीको संशोधन फिर्ता नभएपछि समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै

फाइल फोटो–संसदीय भवन

फाइल फोटो–संसदीय भवन

काठमाडौं । संविधान संशोधन विरुद्धको प्रस्ताव सरिता गिरीले फिर्ता नलिएपछि समाजवादी पार्टीको संसदीय दलको बैठक पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको छ । पार्टीले आग्रह गर्दा समेत गिरीले आफ्नो प्रस्ताव फिर्ता लिन नमानेपछि अगाडिको रणनीति तय गर्न बैठक बस्न लागेको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।

‘हामीले पार्टीको तर्फबाट संविधान संशोधन विरुद्धको प्रस्ताव दर्ता गरे लगतै स्पष्टीकरण मागेका थियौं’, श्रेष्ठले भने, गिरीले फिर्ता लिन नमागेपछि दलको बैठक बोलाइएको छ । यदि फिर्ता लिन नमाने पार्टीले अप्रिय निर्णय समेत गर्न सक्छ।’

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी बने पनि संसदीय दलको रुपमा एउटै भएको मान्यता पाएको छैन । गिरीले संविधान संशोधन विरुद्धको प्रस्ताव फिर्ता लिन नमानेपछि समाजवादीलाई समेत जोडेर आलोचना भइरहेको छ ।

सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत क्षेत्रलाई नक्सामा राख्न गरेको संविधान संशोधन प्रस्तावमाथि आज प्रतिनिधिसभामा मतदान हुँदै छ । प्रस्तावका पक्षमा मतदान गर्ने राजपा र समाजवादी दुवैले बताइसकेका छन्।

यसैबीच, सरिता गिरीले संसदीय दलको बैठकमा आफ्ना कुरा खुलस्त रुपमा राख्ने बताएकी छिन् । ‘संविधान संशोधन विरुद्धको प्रस्तावका विषयमा संसदीय दलको बैठकमा पहिलो पटक छलफल हुँदैछ । हामीले कुन आधारमा सरकारले दर्ता गराएको संविधान संशोधनको विधेयकमा मनदान गर्दै छौं ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ११:४४