सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा क्वारेन्टिनमा एक युवा मृत फेला

धनगढी । बाजुराको एक क्वारेन्टिनमा रहेका युवक मृत फेला परेका छन् । बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा युवक मृत फेला परेका हुन् ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।

१६ जना रहेको उक्त क्वारेन्टिनमा मृतक युवा दुई दिन अगाडि मात्र भारतबाट आएर बसेका थिए । प्रहरी नायव उपरीक्षक भट्टराईले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ११:०६