सूचनाको शक्ति - The Power Of Information

        

युवाद्धारा सरकारबिरुद्ध प्रदर्शन

बाँके । बाँकेमा शुक्रबार युवाहरुले जिल्ला प्रशासन कार्यालय बाँकेको मुल गेटमा सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । कोरोना महामारीको उचित व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार मौलाएको भन्दै सरकारको बिरोध स्वरुप प्रदर्शन गरेका हुन ।

प्रर्दशनमा ठूलो संख्यामा युवा युवतीहरु सरकारले गरेका गलत क्रियाकलाप रोक्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, आरडिटी परिक्षण तत्काल रोकी पिसिआर परिक्षण बढाउनु पर्ने लगायत नारा प्लेकार्डमा लेखिएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १६:३७