बाँके । बाँकेको नरैनापुर–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अब नियमित चिकित्सा सेवा शुुरु हुने भएको छ । निरन्तरको चौतर्फी वकालतसँगै नेपाल सरकारले नरैनापुरमा एम बीबी एस डा.सागर पन्तलाई खटाएको छ ।
छात्रवृत्ति करार अन्तर्गत डा.पन्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाजीर भई जिम्मेवारी सम्हाल्नुु भएको हो । सम्वाद समूह, बाँकेले स्वास्थ्य कार्यालय, नरैनापुुर गाउँपालिका, सांसद, प्रदेश सरकार लगायतका सरोकारवालासँग दरवन्दी अनुुसारको चिकित्सक उपलव्ध गराई स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक पहल गर्दै आएको थियो ।
कोरोना संक्रमणका कारण नरैनापरमा एक जनाको ज्यान गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारीकरण र सेवा प्रवाहको माग झनै चर्को रुपमा उठेको थियो । एक दशक लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चकित्सकसँगै औषधी अभाव रहदै आएको छ ।
वर्षौदेखि चीकीत्सकको अभाव झेल्दै आएका नरैनापुरवासीले अब चिकित्सा सेवा पाउने भएका छन् । शिक्षण अस्पताल काठमाडौंबाट अध्ययन पुरा गरेका डा.पन्तले केन्द्रमा पुगेर जनप्रतिनीधी लगायतसँग आवश्यक परामर्श गरेका छन् ।
सेवा प्रवाहका लागि चाहीने आधारभुत प्रविधी र सामाग्री व्यवस्थापन गर्नेतर्फ केन्द्रीत भएको नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले जानकारी दिए । एक हप्ता भित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने तयारी गरिएको डा पन्तले बताए ।
सत्यपाटी ।