दाङ । पश्चिम दाङको बबई गाउँपालिका–३ धनुमासमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । धनुमासका २८ बर्षीय बालीराम वलीले सोही ठाउँका ४७ बर्षीय नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेका हुन् । घटना आज बिहान सवा ७ बजे भएको थियो ।
ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
सत्यपाटी ।