बुटवल । राप्रपा बुटवलले भारतले गरेको सिमा अतिक्रमण, अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । राप्रपा बुटवलद्वारा आयोजित विरोध प्रदर्शनमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन, एमसीसी खारेज गर्न तथा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध नारा जुलुससहित विरोध प्रदर्शन गरिएको हो ।
राप्रपा बुटवलले जुलुससहित निकालेको जुलुसले अतिक्रमित भूमि फिर्ता गर, राजसंस्था पुनःस्थापना गर, हिन्दुराष्ट्र कायम गर, भ्रष्टाचारीलाई कार्वाही गर लगातयको माग गरेको छ । विरोध प्रदर्शनमा सरकारले लकडाउनको उचित व्यवस्थापन गर्न नसकेको समेत बताइएको छ भने जुलुसमा कोरोना भाइरस नियन्त्रणको नाउँमा खर्च भएको १० अर्ब हिसाब सार्वजनिक गर्न समेत माग गरेको छ ।
सत्यपाटी ।