सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा यसरी बन्यो बन्दाबन्दी खुकुलो (विवरणसहित)

बाँके । जिल्ला प्रशारसन कार्यालय बाँकेले जिल्लामा बन्दाबन्दीमा बिभिन्न कुराहरुलाई आजदेखि संचालनका लागि अनुमित दिने भएको छ । प्रशासनले शुक्रबार बिहानै बन्दाबन्दीको यस समयमा संचालन गर्न दिने विवरण जारी गरेको छ । सूचना अनुसार जिल्लामा शुक्रबारदेखि स्वास्थ्यसंग सम्बन्धीत सबै सेवा (निजी क्लिनिक समेत), सबै प्रकारका ढुवानी, उद्योग पलस, व्यवसाय, डिपार्टमेन्ट स्टोर लगायत खोल्ने सकिने उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले कोरोना भाइरसको कारण सर्वसाधरणको जनजीविका संचालनमा कठिनाई बढ्दै गएपछि गृह मन्त्रालयको परिपत्र अनुसार बिबिध कुरामा छुट दिने तर केही बिषयहरुमा अझै अनुमति दिन नमिल्ने गरी संचालन गर्न सकिने सूचना जारी गरिएको बताए ।

जारी गरिएको सूचना अनुसार पैदल यात्रुको आवगमन, साइकल र मोटरसाईकल (चालक मात्र रहने गरी), जिल्लाभित्र मात्र जोर बिजार प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी सधान (चालक बाहेक थप २ जनासम्म मात्र, सवार हुने, फोहोरमैला व्यवस्थापन, बिद्युत, दमकल, एम्बुलेन्स, सञ्चार र प्रसारण, हुलाकसम्बन्धी सेवा, बैंक तथा बित्तीय संस्था, सहकारी र बीमा सेवा, नर्सरी र वनजन्य उद्यम, बिकास अयोजना, निर्माण कार्य, रेष्टुरेण्टबाट हुने प्याकिङ, तथा टेक अवे सेवा संचालन गर्न सकिने छ ।

यस्तै सरकारी कार्यलाय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीइ संस्थाहरु (बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा संचालन गर्ने) र संचालन गरिने यी सबै दुई मिटरको सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग, पटक पटक साबुन पानीले हात धुने व स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने उल्लेख छ ।

यस्तै बन्दीबन्दीको समय धेरै भएको भए पनि अझै संचालन गर्न नदिने विवरण यसप्रकार छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार ११:०६