सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकलमा चालकले मात्रै यात्रा गर्न पाउने !

काठमाडौं । सरकारले आज गरेको निर्णयअनुसार मोटरसाइकलमा एक जना अर्थात चालकमात्रै सवार हुन पाउने भएका छन् । त्यस्तै निजी नम्बर प्लेटको गाडीमा चालकबाहेक २ जनामात्रै मात्रा गर्न पाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबारको पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा सञ्चालन निजी गाडी सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने त्यस्तो गाडीमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइनेछ ।

यस्तै सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिएको छैन भने उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला हुनेछन् । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन । यस्तै सबै प्रकारका ढुवानी सेवाm कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १८:३१