सूचनाको शक्ति - The Power Of Information

        

देशभर कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो, ८६१ जना डिस्चार्ज

बाँके । बिहीवार थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै देशभर संक्रमितको संख्या ४६१४ पुगेको छ । यससँगै नेपालमा हाल सम्म संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ । बिहिबारमात्रै १८७ डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १६:३८