सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले ल्याएको सकारात्मक प्रभाव

आजको २१औं शताब्दीमा कोभिड १९ ले वैज्ञानिक विकासलाई उपहास गरेको छ । हालविश्व नै यो रोगबाट ग्रसित भइराखेको तथ्यांक सर्वविधितै छ । हामीहरु वास्तविक प्रकृतिबाट टाढा हुँदैछौं । किनभने हामी घर, कार्यालयजस्ता स्थलमा कृत्रिम वस्तुलाई आधुनिक सभ्यताको उत्कृष्ट मान्यता दियौं सायद यो सत्यता नै हामीमा नवजीवनका लागि श्राप भएको छ । जबजब हामी प्रकृतिबाट मित्रता तोड्छौं हामी सिंगो मानव जाति नै भयाभह हुँदछौं ।

आज पुरै विश्वलाई चुनौती दिने अमेरिका पनि घुडा टेक्न बाध्य भएको कुरा हामीलाई जानकारी नै छ । यदि हामीले मानव सभ्यताको क्रमलाई छिचोल्यौ भने सायद हामी हालको सभ्यतालाई एक तितो सत्यताको रुपमा पचाउनै पर्ने हुन्छ । यो कोभिड १९ ले अनगन्ती मानिसका सपनालाई समेत टुक्राटुक्रा बनाइदिएको छ । आज मानिसहरु चाहेर होस् या नचाहेर परिवार एकै छानामुनि बस्नुपरेको छ । मानिसका जमातले खचाखच भरिने सडक आज सुनसान छ ।

यदि हामीले संसारको तथ्यांकलाई नियाल्यौ भने संसारको कुल कार्बन उत्सर्जनको २३ प्रतिशत यातायातका साधनबाट उत्सर्जन हुने गर्दछ । निजी यातायातका साधन र हवाइजहाज, हेलिकप्टरजस्ता साधनबाट ७२ प्रतिशत कार्बन उत्सर्जन हुने गर्दछ । र कार्यालयका कामकाजहरु घरबाट भइरहेका छन् । विकसित राष्ट्रको कुरा गर्दा अमेरिकाको न्युयोर्कमा प्रदुषण ५० प्रतिशतले कम भएको बिभिन्न तथ्याङ्कले देखाउँछ । चीनमा पनि कार्बन उत्सर्जनमा २५ पिसीबीले कम भएको छ ।

बिभिन्न उद्योगहरुमा प्रयोग गरिने कच्चा पदार्थ, काठ, दाउराको प्रयोगमा ४० प्रतिशतले कमि आएको छ । जसले गर्दा बनजंगल फडानी पनि न्युन भएको छ । कोलम्बिया विश्वविद्यालयको प्रतिवेदनअनुसार एक हप्तामा ५.१० प्रतिशत कार्बन उत्सर्जन घटेको पाइन्छ । सायद यो वातावरणीय परिवर्तनमा नकारात्मक प्रभाव ल्याउनमा बन्दाबन्दी सकारात्मक भइदिएको छ । यदि बन्दाबन्दी नभएको भए के यो वातावरण परिवर्तनमा सुधार ल्याउन सम्भव हुने थियो होला ? पक्कै थिएन होला । यसैले हामी सबै मानव जातिले प्रकृतिसँगको सम्बन्धलाई अझ नजिक गराउनु पर्दछ । वन्यजन्तुलाई माया गरौं, रुखविरुवा र पानीको स्रोतलाई जगेर्ना गरौं । (लेखक विश्व वातावरण कोषमा कार्यरत छन् ।)

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १४:५५