सूचनाको शक्ति - The Power Of Information

        

माटोको गुल्लकमा थियो मेरो खजाना

शिवराज साहु

शिवराज साहु

त्यो माटोको गुल्लकमा थियो मेरो खजाना,
पच्चीस पैसाको सिक्कामा पनि थियो जामाना,
बाल्यकालमा बुढिआमाको मिठो खट्टो बैर,
त्यो चरखी पुरानो,
पतंगको पछाडी गुठ्ठूको कहानी,
के तिमिलाई याद छ साथी ।
त्यो नानी (मामाको मम्मी) को घर,
त्यो नाना (मामाको बुवा) झुलुवा,
कुवाँबाट डोरीले लोटामा भरने फेरी पानी
दिउँसो होस् या साँझा चल्थ्यो फेरी गुठ्ठूको कहानी,
के तिमिलाई याद छ साथी
त्यो बाल्यकालमा खेलिने खेल,
लुकाछिपी, को पहिला पुग्ने दौड,
फेरी गुच्चाका खेल
अनि गुडियाँ (पुतली)को कहानी
न राजा न रानी जब सुनाउनुहुन्थ्यो
नानीले रामायणको कहानी
के तिमिलाई याद छ साथी ।

 

नेपालगन्ज, बाँके

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १४:२६