बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेलेले मंगलबार नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ । पार्टीले सरकारको बिबिध कुराहरुका बिरुद्धमा नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
राप्रपाले सीमा विवाददेखि जातिय मुद्दाका बारेमा सरकारले अविलम्ब कदम अगाडी बढाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । पार्टी कार्यालयबाट निस्किएको र्याली जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर सकिएको थियो । सो क्रममा राप्रपाका नेता कार्यकर्ताले लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हो, नयाँ नक्सा संसोधन अविलम्ब पारित गर, जातिय बिभेद अन्त गर, भ्रष्टाचारी सरकार मुर्दाबाद, ब्यापारीको जायज माग पुरा गर भन्दै नाराबाजी गरेका छन् ।
राप्रापका नेता ऋषिराज देवकोटका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापनपत्र मार्फत संसदमा बिचारधिन रहेको निशान छाप परिवर्तन गर्ने प्रस्ताव तत्काल पास गर्नुपर्ने, कोरोना महामारीका समयमा पनि भएका भ्रष्टाचार र अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने र कोरोनाको परिक्षणको दायरा बढाउनुपर्ने माग गरेको छ ।
सत्यपाटी ।