सूचनाको शक्ति - The Power Of Information

        

पृथ्वी खनालको ‘सरर लिपुलेक’

बाँके । ‘दि भ्वाइस सिजन–२’मा प्रतिस्पर्धा गरेका पृथ्वी खनालले ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै अहिले यो विषयमा गीतसंगीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

यो गीतमा पृथ्वीले देशको माया व्यक्त गरेका छन् । यो गीतको भिडियोमा खड्गबहादुर पुनलाई फिचरिङ गरिएको छ । गायक पृथ्वी, डम्बर लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ । यो गीतमा पृथ्वी र डम्बरको शब्द छ भने डम्बरको संगीत छ । हरि पुन मगरको निर्देशन रहेको यो भिडियोमा पिटर गुरुङको छायांकन र सम्पादन छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १६:४६