अनुसन्धानका लागि घटनास्थलमा पुगेको प्रहरी टोली ।
बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिका कान्छीबजारस्थित एक गोठमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक व्यक्तिले हत्या गरेको स्वीकारेपछि प्रहरी अलमलमा परेको छ । एकै व्यक्तिले एकै ठाउँमा पाँच जनाको हत्या कसरी संभव भयो भनेर प्रहरी अलमलमा परेको हो ।
तिलोत्तमा–१०, कान्छी बजारस्थित कृष्ण पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो । विहान ५ बजे पुन दूध लिन फार्म पुग्दा सो घट्ना भएको देखेर प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरीले त्यही नजिकैबाट भुसको गोदाममा लुकेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको थियो ।
उनी बेहोसजस्तै अवस्थामा फेला परेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अहिले अस्पतालमै रहेको अवस्थामा उनीसँग बयान लिँदा उनले कसुर स्वीकार गरेका छन् । प्रहरीका अनुसार सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर पाँचै जनाको हत्या गरेको स्वीकारेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीका अनुसार सिंजालीले हत्या फरुवा प्रयोग गरी हत्या गरेको स्वीकारेका हुन् । ‘पक्राउ परेका व्यक्तिले अपराध कसुर स्वीकारेका छन्, प्रारम्भिक चरणमा यतिमात्रै भन्न सकिन्छ थप अनुसन्धान हुदैछ,’ डिएसपी खत्रीले भने ।
सिंजालीले सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या गरेको स्वीकारेपनि उनीहरुलाई एउटै फरुवाले हानेर मात्रै कसरी हत्या संभव भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार करण र आशिष फार्मका कामदार होइनन् ।
उनीहरु त्यहाँ के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र धानुकका अनुसार अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली अनुसन्धानका लागि रुपन्देही पठाइएको छ ।
यो पनि
सत्यपाटी ।