बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको भैंसी फार्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले फार्ममा काम गर्ने पाँच जना कामदारको हत्या भएको पुष्टि गरेका छन् । उनले आफू घटनास्थततर्फ जाँदै गरको र भैसी फार्ममा कामदारबीच झगडा हुुँदा हत्या भएको हो कि भन्ने आशंका रहेको बताए ।
घटनाको विस्तृत अवस्था बुझ्न प्रहरी घटनास्थलतर्फ जाँदैछ । मृतकहरु को को हुन् भन्ने खुलेको छैन । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको छ । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी फरार भएको प्रारम्भीक जानकारी आएको प्रहरीले बताएको छ ।
फरार भएका हत्या आरोपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेको छ । मृतकहरु को–को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सत्यपाटी ।