बाँके । नेपालगन्ज क्वारेन्टाइनमा अहिले आरडिटी जाँचलाई तिव्रता दिइएको छ । सोमबार मात्र क्वारेन्टाइनमा रहेका २२० जनाको आरडिटी जाँच गरिएको छ भने भने यसअघि गत बिहीबार पनि ११९ जनाको जाँच गरिएको थियो । क्वारेन्टाइनमा बसेको कम्तीमा १० दिन पुरा गरेकाहरुको परिक्षण गरिएको हो ।
सोमबार अबेर रातिसम्म गरिएको २२० जनाको परिक्षणमा ३३ जनाको आरडिटी परिक्षण रिर्पोट पोजेटिभ आएको छ । कवारेन्टाइनमा भारतबाट फर्किएकाहरुलाई राखिएको छ । नेपाल भारत सीमा पर्ने नेपालगञ्ज उपमहानगरपालिकाको यस क्वारेन्टाइनमा भारतबाट आएका बाँके बाहेकलाई पनि पहिलो चरणमा राख्ने गरिएको छ । स्थानीय तहको समन्वय भएपछि मात्र सम्बन्धित जिल्ला पठाउने गरिएको छ ।
गत बिहिबारको १ सय १९ जनाको परिक्षणमा ८ जनाको आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये सोमबार ३ जनाको पिसिआर परिक्षण रिर्पोट पनि पोजेटिभ देखिएको छ । भेरी अस्पतालको प्रयोगशालाबाट पोजेटिभ देखिएका ती युवाहरु नेपालगन्ज वडा न–१३, १८ र २० हुन ।
सत्यपाटी ।