सूचनाको शक्ति - The Power Of Information

        

गीत : गुनासो केर्नलाई

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

त्यसै हो र, म बाध्य भएको ?
फूल्छ गुराँस फूलेन, मन कैले !
झनै उदास भइरन्छ, दिन जैले !!
ठिकै छु म बाहिर, देख्नलाई,
मनको धोको नपाउँदा, फेर्नलाई,
त्यसै हो र म बाध्य, भएको ?
पानाभरी, गुनासो केर्नलाई !!

भित्रभित्रै पहिल्यै हो, सुनेको !
मायालुले, जाल उतै बुनेको !!
दुनियाँलाई देखाइन रमिता,
सकिन म आँफैलाई, सेर्नलाई,
त्यसै हो र, म बाध्य भएको ?
पानाभरी गुनासो, केर्नलाई !!

आश्वासन मै बित्यो, यो जिन्दगी !
गरि रह्यौं, जीवनभर दिल्लगी !!
कसलाई के थाहा, कति हिया छ ?
सक्दिन म यो मुटु, फेर्नलाई,
त्यसै हो र, म बाध्य भएको ?
पानाभरी, गुनासो केर्नलाई !!

फूल्छ गुराँस, फूलेन मन कैले !
झनै उदास, भइरन्छ दिन जैले !!
ठिकै छु म बाहिर, देख्नलाई,
मन्को धोको, नपाउँदा फेर्नलाई,
त्यसै हो र, म बाध्य भएको ?
पानाभरी, गुनासो केर्नलाई !!

 

२६ जेठ २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार ०७:२८