सूचनाको शक्ति - The Power Of Information

        

लागूऔषधसहित तीन पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट, वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

सुपप्रप०१–००८प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतवार ०९:०५