सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दियामा थपिए ४० जना कोरोना संक्रमित

बाँके । बाँके र बर्दियाका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालाले दिउँसो १ः०० बजे बाँकेका १२ जना र बर्दियाका २८ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीकी ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै खजुरा गाउँपालिका वडा नं. ४ का सात जना, वडा नं. ५ का एक जना, बैजनाथ गाउँपालिका वडा नं. २ का दुई वडा नं. ६ का दुई जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार बर्दिया गुलरिया नगरपालिकाका ११ जना गुलरिया, बाँसगढी नगरपालिकाका पाँच जना, मधुवनका चार जना, राजापुरका पाँच जना र बढैयाताल गाउँपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या २६७ पुगेको छ भने ४२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १४:५९