सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौं । थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरीएको परीक्षणबाट २०१ जनामा कोरोना पोजेटिभ भएका हुन् । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टाको जानकारी दिँदै २०१ जना थपिएको पुष्टि गरेका हुन् । उनका अनुसार १७९ जना पुरुष र २२ जना महिलामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको हो ।

हालसम्म एक लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् भने, एक लाख २० हजार ३७९ को आरडिटी परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो २० घण्टामा मात्र चार हजार ९२४ जनाको पिसिआर विधिबाट कोरोनको परीक्षण गरिएको छ । हालसम्म संक्रमित हुने मध्ये २७८ जना कोरोना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोनाको संख्या दुई हजार ३०० पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १७:०७