सूचनाको शक्ति - The Power Of Information

        

संक्रमण बढेपछि जुम्लामा निषेधाज्ञा

जुम्ला । लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीन दिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । स्थानीय प्रशासनले मिति आज विहान ९.०० बजेबाट २३ गते बेलकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको छ ।

यसैगरी भारतबाट आउने मानिसहरु अत्याधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको थियो । पछिल्लो समयमा आमनागरिक र सरोकारवालाहरुको पनि लकडाउनको पालन नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो ।

यसैगरी पछिल्लो समयमा भारतबाट आउनेको संख्या बढिरहेको समयमा सवैले आआफ्नो घरमा लकडाउन गरेर बस्न जरुरी रहेको छ । भारतबाट आउने व्यक्तिहरुको पिसिआर नतिजा धमाधम पोजेटिभ देखिएपछि त्रास फैलिएको छ । जुम्लामा १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०८:१९