
काठमाडौं । नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ । तीमध्य १९४९ जना पुरुष र १५० जना महिला रहेका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६,महोत्तरीमा २, सर्लाहीमा २१,सिराहामा १७, भक्तपुरमा १, धादिङमा २३, कपिलवस्तुमा १६, काठमाडौँमा ४, नवलपरासीमा २, नुवाकोटमा २ र रुपन्देहीमा १० जना संक्रमित थपिएका हुन् ।
सत्यपाटी ।