दुर्घटनाका घाइतेहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार हुँदै । तस्वीर : कमल न्यौपाने
बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर घाइते भएकाहरुको सनाखत भएको छ । दुर्घटनामा घाइते २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा चार जना गम्भीर घाइते रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेकाहरु सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यान जिल्लाका रहेका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ बर्षिया टिका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० बर्षिय मीनराज बिक र ५२ बर्षिय दिपबहादुर बुढा रहेका छन् ।
त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ का छापडाँडाका १८ बर्षिय धनबहादुर बोहरा, २६ बर्षिय निमबहादुर वली, दहका ४० बर्षिय तेजबहादुर बुढाथोकी, १८ बर्षिय देवेन्द्र खड्का, १७ बर्षिय ज्ञानबहादुर बोहरा, वडा नं. ४ चाँदेका २८ बर्षिय लोकेश घर्ती र २६ बर्षिय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन ।
दाङ्ग घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० बर्षिय दिपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ बर्षिय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० बर्षिय भरत थापा र तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ बर्षिया विष्णु गिरी र २३ बर्षिय रुपलाल केसी घाइते भएका छन् ।
त्यसैगरी घाइते हुनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ बर्षिय सुनिल परियार, २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, टुटुका ४० बर्षिय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ बर्षिय नरबहादुर बिक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
गएराती नेपालगन्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो । मृतकहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।
सत्यपाटी ।