डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा राखिएका साढे ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा बालक जिल्लाको नवदुर्गा गाउँपालिका–३ का रहेका छन् । शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए । राती डडेल्धुरा पुगेको उनीहरुलाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । बालक गम्भीर बिरामी परेको खबर पाएर प्रहरीले उनलाई आफ्नै गाडीमा अस्पताल पुर्याएका थियो । डडेल्धुरा अस्पतालले भने अस्पताल पुर्याउनुअघि नै बालकको मृत्यु भएको पुष्टि गरेको छ ।
बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । अस्पतालका अनुसार मृतक बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको छ । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने अस्पतालले जनाएको छ ।
सत्यपाटी ।