सूचनाको शक्ति - The Power Of Information

        

कार्यकक्षमा बेहोस भएका सईको मृत्यु

काठमाडौं । महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।

गम्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो । टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार राति नै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए ।

शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ । रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १२:१३