सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा क्वारेन्टाइनमा रहेका युवाको मृत्यु

दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरेकी छन् ।

‘उहाँ ७ गतेमात्रै भारतबाट आउनुभएको हो । भारतदेखि आएका कारण उहाँसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नुभएको हो ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको नगरप्रमुख भण्डारीले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार ११:०६