सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन थपिए १७० जना कोरोना संक्रमित

बाँके । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै बढी हो । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या एक हजार २१२ पुगेको छ ।

यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । हालसम्म २०६ जना भने कोरोनालाई जितेर घर फर्केका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १६:४६