सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका तीनसहित आठ जनाले जिते कोरोना

दाङ्ग । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किएका हुन् । शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए ।

बाँके नरैनापुर गाउँपालिकाका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका–११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् । निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डा.सर्वेश शर्माले जानकारी दिए ।

शुक्रबार अस्पतालले उनहरुलाई फूलका गुच्छा दिएर बिदाई गरेको हो । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उपचार भैरहेको छ । कोरोना विशेष अस्पतालमा पहिलो पटक अन्य जिल्लाबाट सङ्क्रमित ल्याउँदा शान्तिनगर गाउँपालिकाले बिरामी नल्याउन विज्ञप्तिमार्फत विरोध जनाएको थियो । यद्यपि स्थानीयहरुले भने बिरामी ल्याएर उपचार गर्नुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:४८