सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमा विवादमा इमरानले भने, ‘भारत छिमेकीका लागि खतरा’

बाँके । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गइरहेको बताएका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक सीमा विवादलाई लिएर नेपाल र भारतबीच तनाव उत्कर्षमा पुगेका बेला इमरानले ट्वीटरमार्फत नेपालको प्रसंग जोड्दै भारत छिमेकको हितमा नभएको उल्लेख गरेका छन् ।

नागरिकता कानूनमार्फत बंगलादेशलाई चिढ्याएको, नेपाल र चीनसँग सीमा विवाद गरेको र पाकिस्तानलाई झुटो सैन्य अपरेशन गर्ने धम्की दिएर जिस्काउने काम गरिरेहको भारत छिमेकीका लागि खतरा रहेको प्रधानमन्त्री खानको टिप्पणी छ ।

प्रधानमन्त्री खानले भारतको नरेन्द्र मोदी सरकारलाई जर्मन शासक हिटलरको नाजी पार्टीको विचारधारसँग तुलनासमेत गरेका छन् । ट्वीटरमा लेखेका छन्, ‘हिन्दुत्व र अतिवादी मोदी सरकारको अहंकारी र विस्तारवादी नीतिहरु नाजी विचारधारा समान छन् । भारत आफ्ना छिमेकीहरुका लागि खतरा बनिरहेको छ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १८:२५