सूचनाको शक्ति - The Power Of Information

        

क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु

फाइल तस्वीर

फाइल तस्वीर

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया–४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टाइनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १३:३१