सूचनाको शक्ति - The Power Of Information

        

क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

फाइल तस्वीर

फाइल तस्वीर

प्युठान । प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका–४ गढसेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ ।

शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए । महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरूलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताइन् । परिवारका पाँच जना सदस्यको कोरोना आरडीटी हुँदैछ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौं ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १३:५३