सूचनाको शक्ति - The Power Of Information

        

चीनमा एकैदिन १४.७ लाखको कोरोना परिक्षण

एजेन्सी । चीनले शुक्रवार वुहान शहरमा १४.७ लाख कोरोना परिक्षण गरिएको दाबी गरेको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यसको जानकारी दिँदै बिहीवार पनि १० लाख मानिसको परिक्षण गरेको बताए । कुनै पनि देशको कुनै शहरमा यति धेरै मानिसको एकै दिनमा परीक्षण गरेको यो पहिलो पटक हो । वुहानबाट नै कोरोना भाइरस संक्रमण शुरू भएको थियो ।

केही दिनअघि चीनले वुहान शहरको पूरै जनसंख्यालाई कोरोना परीक्षण गर्ने निर्णय लिएको थियो । चीनले दुई हप्तामा वुहानका १ करोड १० लाख मानिसको परीक्षण गर्ने योजना बनाएका छन् । त्यसैअन्तर्गत वुहानमा एक दिनमा १४.७ लाख मानिसको न्युक्लिक एसिड गरिक्षण गरिएको हो । वुहानमा कोरोनाको दोस्रो लहर देखिएकाले व्यापक परीक्षण गरिएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतवार १४:५५