सूचनाको शक्ति - The Power Of Information

        

असईद्वारा आफैँलाई गोली हानी आत्महत्या

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । डीआइजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतवार ११:२१