काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले जातीय विभेद गर्ने खालका कार्य गर्नेहरुविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले समाजमा जातीय द्वन्द्व फैलाउने कार्य खेदजनक भएको भन्दै कडा अभिव्यक्ति दिएका हुन् ।
एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनि आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेकोले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
उनले भनेका छन्, ‘हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ । जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ । जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।’
https://www.facebook.com/permalink.php?story_fbid=553382998945579&id=100028216500959
सत्यपाटी ।