सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पुनः थपिए १४ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन् । बाँकेका १४ जनामध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

संक्रमितहरु कैलालीका ३ पुरुष (१९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेका छन् । यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् । जसमा बाँकेको खजुरास्थित क्सान्सर अस्पतालको आइसोलेसमा रहेका २१ जना निको भएर आजै घर फर्किएका हुन् । हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १६:४३