सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।

संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । नयाँ संक्रमित हुनेमा झापाको कचनकलव गाँउपालिका–३, ६ र ८ का १८, १९, २३ र २६ वर्षका दुई–दुईजना, २५, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुष रहेका छन् । यस्तै धनकुटाका ३४ वर्षका पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वाथ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने ४५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार ०९:३७