सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

बाँके । पछिल्लो २४ घन्टामा नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा बाँकेमा ६ मात्रै जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूमध्ये बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै नवलपरासी, धनकुटा र कपिलवस्तुमा कोरोना संक्रमित थप भएका हुन् । नवलपरासीमा १, धनकुटामा ५ जना र कपिलवस्तुमा १३ जनामा कोरोना देखिएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १६:४५