सूचनाको शक्ति - The Power Of Information

        

नेपालको क्षेत्रफल ३३५ वर्गकिलोमिटर बढ्यो

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालको क्षेत्रफल ३३५ वर्गकिलोमिटर बढेको छ । नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर भएको छ । यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर मानिएको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेतको भूभाग नेपालले आफ्नो नक्सामा सामेल गरेसँगै क्षेत्रफल पनि बढेको हो । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो । उक्त नक्सा मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेकी हुन् । आजैदेखि नेपालका सबै कार्यालयहरुमा नयाँ नक्साको प्रयोग सुरु भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १६:०१