सूचनाको शक्ति - The Power Of Information

        

विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशकले भने, ‘खोप आउनुअघि नै कोरोना भाइरस मरिसक्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठनको क्यान्सर कार्यक्रमका पूर्वनिर्देशक प्राध्यापक करोल सिकोराले खोप बनाइनुअघि नै कोरोना भाइरसको अन्त्य हुने दाबी गरेका छन् । सिकोराले भने, ‘कोरोना भाइरसविरुद्ध सबै ठाउँमा एकै किसिमको संरचना देखिएको छ । हामीभित्र अनुमान गरिएको भन्दा बढी प्रतिरोधक क्षमता छ । हामीले यस भाइरसलाई लगातार ढिलो बनाउनुछ तर यो आफैं पनि कमजोर हुँदै जानसक्छ ।’

उनले थपे, ‘हामीले भौतिक दूरी कायम राख्नुपर्छ र आँकडाहरू सुध्रिने अपेक्षा गर्नुपर्छ ।’ इन्टरनेसनल जर्नल अफ क्लिनिकल प्राक्टिसमा प्रकाशित एक नयाँ अध्ययनमा बेलायतमा एक करोड ९० लाख मानिसलाई भाइरस संक्रमण भइसकेको पाइएको केही दिनपछि सिकोराको आशावादी टिप्पणी आएको हो ।

सरकारले व्यापक परीक्षण र सम्पर्क पहिचान त्याग्ने निर्णय गरेपछि भाइरसको विस्तारको अनुमान तथा निगरानी गर्ने महाव्याधिविद्हरूको प्रयासमा धक्का लागेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार एक मात्र दीर्घकालीन समाधान खोप वा औषधिमा आधारित उपचार भएको भनी जोड दिएका थिए । ‘साह्रै खराब परिस्थिति बनेछ भने हामीले खोपै नपाउने सम्भावना पनि छ,’ उनले भने ।

 

#दी इन्डिपेन्डेन्टबाट

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १९:३१