चिरञ्जीवी ढकाल
जुङा जुङाको युद्ध
आफ्नै माटोको विरुद्ध
उद्देश्य देखिएन शुद्ध ।
गधा धोएर गाई !
अंगालो मार्दैमा भाइ !!
मनको लड्डु रित्तो ताई !!!
राष्ट्रद्रोही दलाल
सुनाउँ सजाय काल
बुन्न खोज्दैछन् इन्द्रजाल ।
थप गरौँ निर्णय
चार फाईटर क्रय
दुश्मन मुटुमा प्रलय !
गुन गर्यो भकुल्टा !
तेरी आमा मेरी जोई !!
रोटी बेटी सम्बन्ध खोइ ?
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।