सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुर ‘रेड जोन’मा, सुरक्षा व्यवस्था कडा

बाँके । नरैनापुर गाउँपालिकामा एकै दिन ४७ जनामा कोराना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नरैनापुर क्षेलाई रेड जोड घोषणा गरेको हो ।

बैठकले गाउँपालिकाभित्र हुने अत्यावश्यक बाहेक सबै आवागमन बन्द गरिएको जिल्ला सुरक्षा समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी गरिएको सूचनामा जनाइएको छ । सूचनामा भनिएको छ, ‘पूरै गाउँपालिका क्षेत्रलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द शिल) गरिएको छ ।

सूचनाको बर्खिलाप गरे प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख गरिएको छ । नरैनापुरमा चार दिनको अवधिमा ५६ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ । कोरोना संक्रमणको ‘हटस्पट’ नरैनापुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गाउँपालिकाभित्र बाह्य व्यक्तिको प्रवेश निषेध गरिएको छ भने अत्यावश्क कामबाहेक आवतजावतमा बन्द गरिएको छ । नरैनापुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । साथै नरैनापुर क्षेत्रमा धेरै संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

नरैनापुरमा हालसम्म संक्रमण देखिएका सबै भारतबाट आएको बताइएको छ । गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार क्वारेन्टाइनमा रहेका सबै वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म भारतबाट आएका हुन् । अहिले नरैनापुरमा रहेका १३ वटा क्वारेन्टाइनमा ७१८ जनालाई राखिएको छ ।

सूचना अधिकारी मिश्राका अनुसार भारतबाट मजदुरी गरेर फर्किने क्रम अझै रोकिएको छैन । आजमात्रै भारतसँग सीमा जोडिएका नरैनापुरका चार वटा नाका बनियागाउँमा १६ जना, बहाउपूर्वामा १५ जना घोरदौरीमा ८ जना र ककरदरी नाकामा ६ जना गरी मा ४५ जना अलपत्र परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार २०:५८