सूचनाको शक्ति - The Power Of Information

        

भारतमा थपियो १३ दिन लकडाउन

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको छ ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताएका छन् । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ ।

यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुईसाताको गरिएको तेस्रो चरणको लकडाउन हिजो समाप्त भएको थियो । गृह मन्त्रालयद्धारा आइतबार साँझ जारी नयाँ दिग्दर्शनअनुसार संक्रमणको जोखिम हरेर क्षेत्र अधिकार प्रदेश तथा केन्द्र शासित राज्यहरुले क्षेत्र निर्धारण गर्न पाउनेछन् । यसअघि केन्द्र सरकारले नै त्यस्ता क्षेत्र निर्धारण गरेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १५:१८