सूचनाको शक्ति - The Power Of Information

        

पानी लिन गएकी बालिका बेपत्ता

सल्यान । भेरी नदीमा पानी लिन जाँदा डुबेर आइतबार साँझ एक बालिका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी नदीमा पानी लिन गएकी थिइन् । बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यहाँका भेरी नदी किनारका बस्तीहरमा खानेपानीको अन्य स्रोत नहुँदा भेरी नदीको पानी लिन जाने क्रममा बर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १५:१७