सूचनाको शक्ति - The Power Of Information

        

लकडाउन दुई हप्ता थपिने संकेत

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । वैशाख २५ गते थप गरिएको लकडाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लकडाउन लम्ब्याउने तयारीमा पुगेको हो ।

कोरोना रोकथाम तथा उपचारका लागि भएका प्रयासबारे छलफल गर्न अहिले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । बैठकले कम्तीमा दुई साता लकडाउन थप्न सरकारलाई सिफारिस गर्ने एक मन्त्री जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार १४:५०