सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनामा पहिलो पटक कोरोना संक्रमण

काठमाडौं । पहिलो पटक नेपाली सेनामा कोरोना संक्रमण पाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महोत्तरीको बर्दिबास स्थित सैनिक क्याम्पमा रहेका दुई जना नेपाली सेनालाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

महोत्तरी र काभ्रे भएका ती दुई जना सेनाको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले संकलन गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिवार मीडिया ब्रीफिंगमा समेत आज दुई जना महोत्तरी र काभ्रे घर भएका मानिसमा कोरोना संक्रमण भएको बताएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार १८:१२