सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा शनिबार जारी गरिएको विज्ञप्ती अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ बर्षिय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार ११:४९