सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री बोहराले भने, ‘सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरौं’

काठमाडौं । पूर्वमन्त्री एवं राप्रपाका नेता दिपक बोहराले भारतीय मालवाहक सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याउनुपर्ने बताएका छन् । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने भारतीय बाहनका कारण भारतसँगको सिमावर्ती जिल्लामा कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा नेता बोहराले सामाजिक सञ्जाल मार्फत यस्तो भनाई राखेका हुन ।

बिना कुनै स्वास्थ्य परीक्षण भारतीय मालबाहक बाहन नेपाल भित्रिनु खतरायुक्त विषय भएको उल्लेख गर्दै नेता बोहराले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकारद्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयमयमै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’

https://www.facebook.com/boharadeepak123/posts/2533782033552713

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १७:२५