सूचनाको शक्ति - The Power Of Information

        

देशभर २६७ जना आइसोलेसनमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९१४ जनाको र आरडिटी विधिबाट ६३ हजार ८५ जनाको नमूना परीक्षण भएको जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २५० र आरडिटी विधिबाट ७५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले प्रदेश नम्बर १ मा ८ हजार ९३३, प्रदेश नम्बर २ मा ५ हजार ९८२, बागमती प्रदेशमा ९ हजार ६७३ वटा आरडिटी परीक्षण भएको जनाएका हुन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ८६२, प्रदेश नम्बर ५ मा ७ हजार ९७१, कर्णाली प्रदेशमा ७ हजार ३०७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

डा.देवकोटाका अनुसार देशभरीका विभिन्न अस्पतालमा २६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १०२ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १०८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन् । उनले क्वारेन्टाइनमा भने देशभर १५ हजार ६८३ जना रहेको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १६:३९