सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका आठसहित थप नौं जनामा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेका आठ जनासहित नौं जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार बाँके नरैनापुर गाउँपालिका १, ३ र ५ निवासी १८, २०, २२, २५, २५,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ती आठ जनामा संक्रमण भेटिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या ३४ पुगेको छ । यसअघि नेपालगन्जका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । आजै मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

मकवानपुरका ३७ वर्षीय पुरुषको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १०:०७