सूचनाको शक्ति - The Power Of Information

        

जुम्रा मार्ने विष खाँदा बालकको मृत्यु

फाइल तस्वीर

गुल्मी । विष सेवन गर्दा धुर्कोट गाउँपालिकामा आज एक बालकको मृत्यु भएको छ । धुर्कोट–४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए । विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १९:५७